संयुक्त राष्ट्रसङ्घ, १२ कात्तिक/सिन्ह्वा

संयुक्त राष्ट्रसङ्घले अफ्रिकालाई विभिन्न क्षेत्रमा सहयोग गर्न आग्रह गरेको छ । बिहीवार संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना मोहमदले सो कुरा बताएकी हुन् । उनले सुरक्षा परिषद्मा ब्रिफिड्ढा क्रममा अफ्रिकालाई सहयोग गर्न भनेकी हुन् । उनले भनेकी थिइन् कि अफ्रिकालाई यतिखेर खासगरी सबैभन्दा बढी सहयोग काभिड–१९ विरुद्धमा चाहिएको छ ।

अफ्रिकालाई कोभिडविरुद्ध खोप तथा अन्य स्वास्थ्य सामग्रीहरू सहयोग गर्न विश्वका नेताहरूमा ऐक्यबद्धता हुनुपर्ने उनले बताएकी थिइन् । साथै उनले यसका अतिरिक्त दिगो विकास र आर्थिक क्षेत्रमा पनि अफ्रिकालाई विश्वका देशहरूले ऐक्यबद्ध भएर सहयोग गर्नुपर्दछ भनिन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका तर्फबाट उनले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा बोल्दै अफ्रिकालाई अहिले विशेषगरी तीन क्षेत्रमा सहयोग चाहिएको धारणा राखेकी हुन् । उनले तत्कालका लागि अफ्रिकालाई खोप चाहिएको बताइन् ।

उनले भनिन्– अहिले तत्कालै अफ्रिकालाई कोभिडको खोप अति आवश्यक छ र यसका लागि विश्वका देशहरूले खोप तथा खोप किन्नका लागि अनुदान दिनुपर्ने आवश्यकता परेको छ । त्यसबाहेक अफ्रिकालाई अन्य दिगो विकासका साथै आर्थिक सहयोगलगायतका क्षेत्रमा सहयोग आवश्यक परेको भन्दै यसका लागि विश्वका देशहरूको ऐक्यबद्धता आवश्यक रहेको पनि उनले बताइन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here