प्रस, वीरगंज, १० कात्तिक/

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्तरूपमा बुधवार वीरगंजका केही होटलको अनुगमन गरेका छन् ।

मकालु, पूजन, कैलाश, क्लासिक, वान इलेभेनलगायतका होटलहरूमा अनुगमन गरेको सो कार्यालयले जनाएको छ । अनुगमनको क्रममा अधिकांश होटलका खाद्य वस्तुहरूमा फोहोर भेटिएको, राम्ररी व्यवस्थापन नभएको र भान्सा कोठा सफासुग्घर नभेटिएको पाइएको अनुगमनमा रहेका एकजना कर्मचारीले बताए ।

कतिपय खाद्य सामग्री म्याद नाघेको पाइएको र सम्बन्धित होटल सञ्चालकहरूलाई तीन दिनभित्र सबै चुस्तदुरुस्त पार्न निर्देशन दिएको खाद्य प्रविधि कार्यालयका प्रमुख विकी राउतले बताए । तीन दिनभित्र सबै कुरा व्यवस्थापन नभए कानून अनुसार कारबाई प्रक्रिया अगाडि बढाउने उनले बताए ।

यसैगरी, होटल प्रशासनले तीन दिनभित्र सबै व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको बताइएको छ। अनुगमनको क्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रीमा साह, सहायक अधिकृत अशोक पाण्डे, महानगरका खाद्य प्रमुख विपिनलाल दास, वीउवासङ्घका मनोजकुमार दास, रामप्रवेश यादव, प्रहरी नायब निरीक्षक हीराबहादुर बुढाथोकीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here