प्रस, वीरगंज, ६ कात्तिक/

बेमौसमी वर्षाले धानबालीमा पु¥याएको क्षतिको पूर्ति किसानलाई हुनुपर्ने माग गर्दै वीरगंजमा प्रदर्शन भएको छ । वीरगंजमा युवाहरूको समूहले घण्टाघरमा प्रदर्शन गरेको हो । गरीब किसान तथा अन्नदातालाई क्षतिपूर्ति र राहत दिइनेबारे सरकारले खासै ध्यान नदिएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता ओमप्रकाश सर्राफको नेतृत्वमा प्रदर्शन भएको हो ।

प्रदर्शनमा राहतको माग गर्दै करीब ५० जना युवाले हातमा प्ले कार्ड लिएर नाराबाजीसमेत गरेका थिए । प्रदर्शनको क्रममा पीडित किसानलाई क्षतिपूर्ति देऊ, प्रतिकट्ठा राहत घोषणा गर, कृषि बीमा लागू गर, अन्नदाता किसान नबाँचे हामी कसरी बाँच्ने जस्ता नारा लगाइएको थियो ।

हरेक वर्ष मौसम परिवर्तनका कारण भारी वर्षाले हावाहुरी, वर्षालगायत विभिन्न दैवी प्रकोपको सामना गर्दै आएका किसानले सरकारबाट खासै राहत तथा क्षतिपूर्ति नपाएकाले पनि सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेता सर्राफले बताए ।

तीन दिनअघि परेको बेमौसमी वर्षाले तराईका २२ जिल्लामा धानबालीमा क्षति पु¥याएको छ भने पर्सामा ४७ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा आंशिक क्षति मात्र भएको छ । कृषि ज्ञान केन्द्र पर्साको तथ्याङ्क अनुसार करीब सात प्रतिशत धानखेतीमा वर्षाले पाकेको धानबालीलाई लडाएर क्षति पु¥याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here