प्रस, वीरगंज, ६ कात्तिक/

केही दिनअघि परेको पानी र जाडो मौसम शुरू हुन लाग्दा वीरगंजमा लामखुट्टेको सङ्ख्यामा वृद्धि भएको छ । कोरोना महामारीको त्रास र चाडपर्वको बेलामा महानगरमा सरसफाइलाई प्राथमिकतामा राखेर लामखुट्टे नियन्त्रण गर्ने अभियान महानगरपालिकाले थालेको महानगरका सरसफाइ अधिकृत सर्फुद्दीन मियाँले जानकारी गराए ।

कात्तिक २ गतेदेखि नै अभियानको रूपमा लामखुट्टेको लार्भा मार्न महानगरका वडाहरूमा ब्लिचिङ पाउडर र विषादी छर्ने अभियान शुरू गरिएको नगरप्रमुख विजयकुमार सरावगीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here