प्रस, वीरगंज,४ कात्तिक/

पर्सा, पोखरिया नगरपालिकामा कार्यरत कमर्चाचारीहरूले दशैंजस्तो चाडमा तलब नपाउँदा काम गर्न मानेका छैनन् । अहिले सो कार्यालयमा अधिकांश कर्मचारी नआउने सेवाग्राहीहरूले जनाएका छन् ।

कर्मचारीहरू नआउँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

जनप्रतिनिधि तथा कर्मचाहरीहरूको भागबण्डा नमिल्दा नगर परिषद् सम्पन्न भएपछि कर्मचारीहरूले तलब पाएका छैनन् । यस विपषयमा नगरपालिकाका प्रशासन अधिकृत संदिप साहसित बुझ्दा भरखरै चाडबाड बितेकोले कोही नआएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here