तेहरान, इरान, कात्तिक ४/एपी

इरानले बिहीवार देशभरि वायु सेनाको वार्षिक अभ्यास शुरू गरेको छ । सरकारी टेलिभिजनले जनाए अनुसार यो अभ्यास अघिल्लो हप्ता आयोजित सशस्त्र अभ्यासपछि आयोजित ठूलो सैन्य अभ्यास हो ।

प्रतिवेदनमा दिइएको जानकारी अनुसार यस अभ्यासमा बमवर्षक लडाकू विमान, ड्रोन लेसर–निर्देशित मिसाइल सहित अन्य अत्याधुनिक हतियारहरूको प्रयोग गरी ड्रिलमा भाग लिइने छ ।
सबै इरानी सैन्य हवाई अड्डाहरूले यस युद्धाभ्यासमा भाग लिनेछन् । बताइए अनुसार इरानसँग १२ वटा एयरबेस छ । प्रतिवेदनमा यो ड्रिल कति समयसम्म चल्छ, केही बताइएको छैन ।

अघिल्लो हप्ता यहाँ आयोजित दुई दिने वार्षिक हवाई रक्षा अभ्यासमा सेना र अर्धसैनिक क्रान्तिकारी गार्ड दुवैले भाग लिएका थिए । इरानले नियमितरूपमा यस्तो सैन्य अभ्यास गरेर आफ्नो सैन्य तत्परता र क्षमताको प्रदर्शन गर्ने गर्दछ । इरानको बढ्दो परमाणु र सैन्य शक्तिले यस क्षेत्रमा तनाव बढाउँदै लगेको छ ।

तेहरानको सन् २०१५ को विश्व शक्तिहरूसँगको समझदारीलाई पुनर्जीवित गर्न भियनामा हुने भनिएको वार्ता गत जूनदेखि रोकिएको छ र त्यो समझदारी पुनः शुरू हुने कुनै मिति भने हालसम्म तय भएको छैन ।

सन् २०१५ को परमाणु सम्झौताले तेहरानलाई आर्थिक प्रतिबन्ध हटाउने बदलामा युरेनियम संवद्र्धनलाई निकै सीमित बनाएको थियो । सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फीरूपमा अमेरिकालाई उक्त सम्झौताबाट फिर्ता लिएपछि मध्यपूर्वमा तनाव बढायो र आक्रमणका अनेक शृङ्खला शुरू हुन थाले । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here