सर्लाही, २ कात्तिक/रासस

आइतवारदेखि लगातारको वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति भएपछि यहाँका किसान चिन्तित छन् । यस वर्ष जिल्लामा ४४ हजार हेक्टर क्षेत्रफलमा धानखेती भएको छ ।

लगातारको पानीले धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले जानकारी दिए । उनले भने, “काटेका र काट्न बाँकी रहेका धानबालीलाई पानीले क्षति पु¥याएको छ ।” जिल्लाका किसानले धान रोप्ने समयमा पनि मलखाद नपाएर सास्ती बेहोरेका थिए । किसान जसोतसो पाकेको बाली भिœयाउने समयमा पानीले धानमा नोक्सान गरेपछि थप मारमा परेका छन् ।

“काटेको धान पानीमा डुब्यो भने दुर्ई/तीन दिनमा टुसा उम्रिन्छ र खान नमिल्ने हुन्छ । अन्य आम्दानीको स्रोत छैन । धानखेतीले गुजारा चलेको थियो । पानीले सबै चौपट गरायो,” हरिवन नगरपालिका–२ का किसान रामपुकार महतोले गुनासो गरे ।

जिल्लामा यस वर्ष एक लाख ७६ हजार मेट्रिक टन धान फल्ने अनुमान गरिएको थियो । गत वर्षभन्दा यस वर्ष करीब १० प्रतिशत बढी धान फल्ने अनुमान केन्द्रले गरेको थियो । लगातारको वर्षाले केही प्रतिशत उत्पादन घट्न सक्ने आङ्कलन गरिएको केन्द्रका प्रमुख कुशवाहाले बताए ।

पानीले खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ । धेरै ठाउँमा किसानले धान काटेको दुर्ई दिनमा खेतमा पानी भरिएको छ । धेरै किसानले पाकेको धान काट्न नपाएर खेतमैं झर्ने अवस्थामा पुगेको हरिवन–५ का उमेश महतोले गुनासो गरे ।

लगातारको वर्षाका कारण पूर्व–पश्चिम लोकमार्गका अधिकांश कल्भर्टमा पानीको बहाव बढेको र यसबाट सवारीसाधन आवतजावतमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here