प्रस, पोखरिया, ३१ असोज/
पर्साको ग्रामीण भेगमा रहेको एकमात्र पोखरिया अस्पतालमा दिनहुँ गर्भवती महिलाहरू प्रसूति गराउन आउँछन् तर अस्पतालमा जनशक्तिको अभाव भएपछि अहिले दलाल र बिचौलियाहरूको बिगबिगी बढेको छ ।
अस्पतालमा दक्ष जनशक्ति नभएपछि प्रसूति गराउन आउने गर्भवती महिलाहरू वीरगंज जाने गर्छन् । गर्भवती महिलालाई वीरगंजमा उपचार गराउन जान एम्बुलेन्स चालकहरूले रु एक हजार भाडा लिने गरेका छन् । एम्बुलेन्स चालकहरूले पनि कमिशन पाउने लोभमा बिरामीले भनेको अस्पताल अथवा नारायणी अस्पतालमा नलगी अन्य अस्पतालमा लैजाने गरेका छन् ।
प्रदेश २ ले १५ शøयाको आइसियू सञ्चालन गर्ने उपकरणहरू हस्तान्तरण गरे पनि आवश्यक जनशक्ति नपठाएपछि उपकरणहरू अस्पतालमैं थन्किएका छन् । त्यस्तै, प्रदेश सरकारले पोखरिया अस्पताललाई ५० शøयाको अस्पताल बनाउने घोषणा गरे पनि जनप्रतिनिधिले बेवास्ता गरिरहेका छन् ।
अस्पताल सुधारको लागि लोकतान्त्रिक समाजवादी पार्टीका नेता निजामुद्दीन समानीले पटक–पटक प्रेस विज्ञप्ति जारी गरी प्रदेश सरकार र स्थानीय पालिकालाई घचघच्याउँदै आएका छन् ।