राजेश केशरीवाल, रक्सौल, ३१ असोज/
भारत बिहार रक्सौल प्रखण्डस्थित सिसवा पञ्चायतमा दुईजना सहोदर दाजुभाइबीच सम्पत्ति बाँड्नका लागि भएको विवादमा भाइको मृत्यु भएको छ । गत दुई दिनदेखि दुवै भाइबीच सम्पत्ति बाँड्नका लागि विवाद बढेको थियो ।
विवाद बढ्दा आइतवार भएको झडपमा बाँसले प्रहार गर्दा दिना यादवको मृत्यु भएको हो । घटनामा संलग्न मृतकका दाइ जोखु राय, भैरव राय, बद्री राय, सन्तोष, रविता आदि फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । शवलाई शल्यपरीक्षणका लागि मोतिहारी पठाएको प्रहरीले जनाएको छ ।