सालको गोलिया काठ, साइकल बरामद

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, बिरुवागुठी, २५ भदौ/
सबडिभिजन वन कार्यालय बडनिहारको गस्ती टोलीले बिहीवार एक थान सालको काठ बरामद गरेको छ । जङ्गलबाट रूख कटान
गरी ल्याउने क्रममा गस्ती टोलीलाई देखेर तस्कर साइकल छाडेर भागेको वन गस्ती टोलीका जमदार अर्जुन चौधरीले बताए ।
यसैगरी, पर्सागढी नपा–१ पशुपतिनगर वन क्षेत्र र बडनिहार वन क्षेत्रमा काठ, दाउरा कटानका लागि साइकलमा जान लागेका पचासजनालाई वन कर्मचारीले लखेटेका छन् । उनीहरूको साइकल नियन्त्रणमा लिएर नष्ट गरिएको जमदार चौधरीले बताए । पचासभन्दा बढी मानिस साइकल लिएर वन पँmडानी गर्न निस्केको र उनीहरूको साइकल नियन्त्रणमा लिएर लखेट्ने क्रममा पक्राउ परेकाहरूलाई अब उप्रान्त वन पँmडानी गर्नका लागि हतियार लिएर वन प्रवेश नगर्ने शर्तमा छाडेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस