बलुचिस्तान, २२ असोज/एएफपी

पाकिस्तानको दक्षिणी प्रान्त बलुचिस्तानमा बिहीवार बिहानै गएको भूकम्प परी एक सयभन्दा बढी मानिस घाइते भएका छन् । यद्यपि केही समाचार संस्थाले यहाँ कम्तीमा पनि १५० जना घाइते भएको जनाएका थिए ।

बिहीवार बिहानै ५.९ रिक्टर स्केलको भूकम्प गएको र यसमा परी कम्ती २० जनाको मृत्यु भएको हिजो सरकारी अधिकारीहरूले जानकारी दिएका थिए । भूकम्पमा परेका मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । घाइते भएकामध्ये कतिपयको अवस्था गम्भीर भएकाले अस्पतालमा उपचार भइरहेको छ ।

बलुचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाहले सो प्रान्तका प्रभावित क्षेत्रमा आपत्कालीन सेवा शुरू गरिएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here