अफगानिस्तान (खोस्त), २१ असोज/सिन्ह्वा
अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किंदा एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।
प्रान्तीय अधिकारी माल्लवी मोहम्मद साबिर सबारीले बिहीवार दिएको जानकारी अनुसार विष्फोटन बुधवार अबेर मझल अलुम मदरसा (मजहरूल अलम धार्मिक विद्यालय)मा भएको थियो।
उक्त विष्फोटनमा एकजना विद्यार्र्थीको मृत्यु भएको थियो भने अन्य जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको स्थानीय अधिकारीले जनाएका छन् ।
उक्त घटना हुँदा ती विद्यार्थी खानी भत्काउनमा व्यस्त थिए । रासस