जकार्ता, २१ असोज/सिन्ह्वा
इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे२.४) को प्रयोग गरी मध्यम दूरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ ।
बायोभ्टुर जे२.४ एक मिश्रित इन्धन हो, जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ । उक्त परीक्षण उडानका क्रममा ऊर्जा तथा खनिज स्रोत मन्त्री अरिफिन तस्रिफले आफूले नयाँ इतिहास रच्न लागेको र त्यो समयको पर्खाइसमेतमा रहेको बताएका छन् ।
उनका अनुसार पाम तेलमा आधारित बायोडिजल मिश्रण इन्धन भूयातायातमा प्रयोग गरिएको छ, अब त्यसलाई हवाई यातायातमा पनि प्रयोग गरिनेछ । उडान परीक्षण १०,००० र १६,००० फिटको उचाइमा उडान गर्ने विमानसँगै गरिएको थियो । उक्त परीक्षणबाट जेट ए१ इन्धन र जे२.४ को उपयोग गर्ने विमान र यसमा समानता पाइएको छ । यातायातमन्त्री बुडी कार्यासुमादीले यो परीक्षणको सफलता देशभित्रको मात्र नभएर अन्तर्राष्ट्रियरूपमैं भएको बताएका छन् । रासस