इस्लामाबाद, २१ असोज/सिन्ह्वा

पाकिस्तानको दक्षिणी बलुचिस्तान प्रान्तमा बिहीवार बिहानै भूकम्प गएको छ । यहाँ उद्धारमा खटिएका अधिकारीहरूले सो भूकम्पमा परेर बिहानै कम्तीमा २० जनाको ज्यान गएको बताएका छन् ।

बिहीवार बिहानै ५.९ रिक्टर स्केलको भूकम्प गएको थियो । त्यसमा परेर दर्जनौं व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी अस्पताल पु¥याइएको छ ।

यहाँ खटेका विपद् व्यवस्थापनसम्बन्धी अधिकारीका अनुसार उद्धारको काम जारी रहेको छ र मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । अधिकारीले उद्धार जारी रहेको बताएका छन् । भूकम्पपछि क्वेटा शहरका मानिस सडकमा निस्केका छन् ।

पाकिस्तानको सो शहरका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा नागरिकहरू सडकमा निस्किएको देखिएको छ । प्रारम्भिक रिपोर्टका अनुसार यहाँ ५.९ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ ।

टेलिभिजनले भूकम्पले घर भत्काएको र च्यापिएको देखाएका छन् । यहाँका अधिकारीले अहिलेसम्म २० जनाको ज्यान गएको बताएका छन् । भूकम्पमा परेका मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेका छन् । केही समाचार संस्थाले यहाँका कम्तीमा पनि १५० जना घाइते भएको जनाएका छन् ।

घाइते भएकामध्ये कतिपयको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । बलुचिस्तानका आन्तरिक मामिलामन्त्री मीर जिआउल्लाहले सो प्रान्तका प्रभावित क्षेत्रमा आपत्कालीन सेवा शुरू गरिएको जनाएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here