प्रस, वीरगंज, १८ असोज/

वीरगंज महानगरपालिकाले मास्क लगाउन चेतना फैलाउने उद्देश्यले सोमवार निकालेको ¥याली सचेतनाका लागि मात्र हो कि विरोधका लागि महानगरवासीले छुट्टाउन सकेनन् ।

आज महानगरपालिकाले आयोजना गरेको मास्क सचेतना ¥यालीमा नगरप्रमुख, वडाध्यक्ष, वडा सदस्यहरू, कर्मचारीका साथै छात्राहरू सहभागी थिए । छात्राहरू भने मुख्यमन्त्रीको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत पाएको साइकलसहितको उपस्थितिले सचेतना ¥यालीभन्दा मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापामारी गरेको विरोधमा निकालिएको ¥यालीको अनुभूति महानगरवासीले गरे ।

किनभने मास्क सचेतना ¥यालीमा साइकल नभएका छात्राहरूलाई सहभागी गराइएको थिएन । यसैगरी, सचेतना ¥यालीमा छात्रहरूलाई पनि सहभागी गराइएको थिएन ।

सचेतना ¥याली मात्रै हुँदो हो भने अन्य साइकलसहित सबै विद्यार्थी सहभागी हुनुपर्ने थियो । तर त्यसो नभएकोले अहिलेको तातो विषयमा नगरप्रमुखले एक तीरबाट दुईवटा निसाना साधेको टीकाटिप्पणी भएको छ । अभियानमा सहभागीहरूले मास्क नलगाएकाहरूलाई मास्क लगाउन सुझाउँदै निश्शुल्क मास्क वितरण गरेका थिए ।

नगरप्रमुख विजयकुमार सरावगी भने विशुद्ध मास्क सचेतनाका लागि ¥याली आयोजना गरेको दाबी गर्छन् । उनले भने– यसमा कुनै राजनीति छैन । महानगरपालिकाले दिने सबै खाले सेवा लिने सेवाग्राहीका लागि मास्क अनिवार्य गरेको छ ।

सोसम्बन्धी सचेतनाका लागि आज मात्र होइन आइतवार निकालिएको ¥यालीमा महिला स्वास्थ्यकर्मी पनि सहभागी थिए । आजको ¥यालीमा हामीले साधनसहित छात्राहरूलाई सहभागिताको लागि अपील गरेको र सोही अनुसार सहभागी भएको बताए ।

तर अख्तियारले छापा मार्नु अनि जनता समाजवादी पार्टीले त्यसको विरोध गरिरहेको बखत सोही पार्टीका नगरप्रमुखले ¥यालीमा मुख्यमन्त्रीको बेटी पढाउ, बेटी बचाउ अन्तर्गत पाएको साइकल मात्र भएका छात्राहरू सहभागी गराउनुलाई अन्य संयोग मान्न नसकिने राजनीतिक जानकारहरू बताउँछन् ।

प्रस, पोखरिया/

वीरगंजमा मास्क सचेतनाको बहानामा मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापामारीको विरोधमा छात्राहरूको साइकल ¥याली निकालियो भने पोखरियामा नवरात्र पूजाको लागि सचेतना कार्यक्रमको नाममा मुख्यमन्त्रीको बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा पाएको साइकलसहित छात्राहरूको प्रदर्शन गरिएको थियो ।

पोखरियास्थित शिवमन्दिरबाट निकालिएको छात्रा साइकल ¥याली नगरपरिक्रमा गरी शहीद चन्दन पटेलचोकमा कोणसभा गरी समापन भएको थियो ।

समापन कार्यक्रममा पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले नवरात्रमा शक्तिको सम्पूर्णरूपको पूजा गर्ने तयारी नगरपालिकाले गरेको बताइन् । उनले घरपरिवार र समाज अनि देशले महिलाहरूलाई देवीको दर्जा दिएको तर त्यही देवीविरुद्ध भेदभाव जारी राखेको बताइन् । उनले छोरा सरह छोरीलाई पनि समान व्यवहार गर्न आग्रह गरिन् । जबसम्म घर, समाजमा छोरीलाई छोरा समान अधिकार दिइँदैन, तबसम्म विकास र सभ्य समाजको कल्पना गर्न नसकिने उनले तर्क दिइन् ।

कार्यक्रममा सहभागी छात्राहरूले सबैले महिला अधिकार र बालबालिकाको कुरा गरे पनि व्यवहारमा नदेखिएको बताए । उनीहरूले प्रदेश सरकारले प्रदान गरेको साइकलका कारण आफूहरूलाई उच्च शिक्षा हासिल गर्न ऊर्जा मिलेको दाबी गरे । उनीहरूको यो भनाइ भने प्रायोजितरूपमा प्रस्तुत गराइएको थियो । किनभने अहिलेसम्म छात्राहरूले साइकल प्राप्त गर्दै आए पनि यसरी नाटकीयरूपमा मुख्यमन्त्रीको गुणगानका लागि प्रयोग गरिएको थिएन ।

वीरगंजमा जसपाका नगरप्रमुख सरावगी र पोखरियामा जसपाकी उपप्रमुख खातुनले एकै दिन दुई तरीकाबाट साइकलसहित छात्राहरूको प्रयोग गर्नुलाई संयोग मात्र मान्न सकिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here