ताफ्टन (बलुचिस्तान), असोज १८/एएनआई

पाकिस्तान–इरानको ताफ्टन सीमामा पैदलयात्रुको आवागमनमा लगाएको प्रतिबन्ध इरानी अधिकारीहरूले आइतवारदेखि हटाएका छन् ।

प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी व्यापारी, विद्यार्थी र ट्रक चालकलाई इरान प्रवेश गर्न अनुमति दिइएको छ । पाकिस्तानको सङ्घीय अनुसन्धान एजेन्सी (एफआइए)ले पाकिस्तानी नागरिकलाई इरान प्रवेश गर्न अनुमति दिंदै ताफ्टन सीमामा नियमित आवतजावत प्रक्रिया शुरू गरेको छ ।

गत जून २९ देखि पाकिस्तानमा कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण देखाउँदै इरानी अधिकारीहरूले पाकिस्तानीहरूलाई इरान प्रवेश गर्न प्रतिबन्ध लगाएका थिए । द एक्सप्रेस ट्रिब्यूनको समाचार अनुसार यसबीच पनि द्विदेशीय पारवाहन र व्यापार भने नियमित नै रहेको थियो ।

यस अवधिमा इरानी नागरिकहरूलाई पाकिस्तान आउन भने कुनै बन्देज लगाइएको थिएन ।
तर पाकिस्तानीहरूलाई इरान प्रवेशमा भने रोक लगाइएको थियो र अहिले पनि थुप्रै पाकिस्तानी नागरिक तीर्थयात्रा र अन्य भ्रमणका निम्ति इरान भ्रमणको अनुमतिको पर्खाइमा छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here