प्रस, वीरगंज, १८ असोज/

महावीरप्रसाद रघुवीरराम त्रिजुद्ध आधारभूत प्राविधिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको आँखा एवं दाँत परीक्षण गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैयाको आयोजनामा वीरगंज सामुदायिक आँखा तथा दाँत केन्द्रको प्राविधिक सहयोगमा निश्शुल्क आँखा तथा दाँत परीक्षण गरिएको केन्द्रका स्वास्थ्य संयोजक महेश्वरसिंह धामीले बताए ।

उनले २५६ जना विद्यार्थीको आँखा चेकजाँच गरिएकामा धेरैजसोमा दृष्टिदोष देखिएको बताए । विद्यार्थीहरूमा गर्मीका कारण हुने एलर्जीका साथै अहिले अनलाइन कक्षामा कम्प्युटर तथा मोबाइलबाट अध्ययन गर्नेहरूमा टाउको दुख्नेलगायतका समस्या देखिएको बताए ।

धामीले त्रिजुद्धमा एक साता लामो शिविर सञ्चालन हुने बताए । शिविरमा केही विद्यार्थीलाई चश्माको आवश्यकता परेकोले सहुलियत दरमा उपलब्ध गराइएको उनले बताए ।

यसअघि शिविरको उद्घाटन वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरीले गरेका थिए ।

सामुदायिक सेवा केन्द्र छपकैयाका ग्याँसुद्दीन मियाँ ठकुराईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वडाध्यक्ष जगतसाह कानू, विद्यालयका प्रअ हरेन्द्र कुर्मी, सामुदायिक सेवा केन्द्र छपकैयाका मोहमद अब्दुल हक, प्रवीण विक्रम शाह, प्रेमा शाह, अजितकुमार भुजेललगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here