प्रस, वीरगंज, १७ असोज/

रौतहटको गरुडामा रहेको वंशीराम अनाथ आश्रमले रूँगटा वेलफेयर सोसाइटी वीरगंजका सदस्य नारायण रूँगटालाई सम्मान गरेको छ ।

रूँगटा वेलफेयर सोसाइटीले अनाथ आश्रममा बेलाबखत कम्बल, खाद्यान्नलगायतका सामग्री सहयोग गर्दै आएको हुँदा सोसाइटीका सदस्य रूँगटालाई सम्मान गरिएको हो । अनाथ आश्रमका संस्थापक वंशीधर जैसवाल, संस्थापक सदस्य डा नन्दकिशोर झा, व्यवस्थापक ह्दयबहादुर कश्यप, गायत्री देवी, मन्दिरका पुजारी तथा बालबालिकाहरूले रूँगटालाई सम्मान गरेका थिए ।
सो अवसरमा रूँगटाले अनाथ आश्रमलाई आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे ।

आश्रमका संस्थापक जैसवालले दाताहरूबाट आश्रम सञ्चालन भइरहेको र ३५ जना बालबालिका हुर्की बढिरहेको बताए । उनले आश्रममा रहेका बालबालिकाहरूमध्ये कक्षा ५ सम्म अध्ययन गर्नेलाई आश्रममैं रहेको सामुदायिक विद्यालयमा अध्यापन गराएको र त्यसपछिको शिक्षा आश्रमबाहिरका विद्यालयमा दाताहरूको सहयोगबाटै निश्शुल्क गर्दै आएको बताए । उनले कक्षा १० पछि आश्रित बालबालिकाहरू आश्रममा बस्ने अथवा स्वतन्त्र जीवन बिताउने विषयमा स्वतन्त्रता दिइने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here