प्रस, बिरुवागुठी, १७ असोज/

पर्सागढी नगरपालिका–२ मा रहेको स्वास्थ्य चौकी बगवन्नामा आज कोभिड–१९ विरुद्ध खोप लगाउन बिहानै देखि मानिसहरूको भीड लागेको छ ।

कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि पर्सागढी नगरपालिका कार्यालयले १७ गतेदेखि १९ गतेसम्म ३५ वर्षभन्दा माथि समूहका सबै र १८ वर्ष भन्दामाथिका पहिलो खोप लगाएकालाई र सोही उमेर समूहका खोप लगाउन छुटेका विद्यार्थीहरूलाई नजीकको स्वास्थ्य चौकीमा खोप लगाउन शुरू गरिएको छ ।

पर्सागढी नगरपालिकामा एक स्वास्थ्य केन्द्र र चार स्वास्थ्य चौकी छ । सम्पूर्ण स्वास्थ्यचौकीहरूमा भेरोसेल खोप लागिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here