प्रस, गरुडा, १५ असोज/

रौतहटको गुजरा नगरपालिकामा बसोबास गर्ने ९० वर्षमाथिका ज्येष्ठ नागरिकलाई पालिकाले सम्मान गरेको छ ।

पालिकाको तर्फबाट औपचारिक कार्यक्रमको आयोजना गरी कम्बल तथा दोसल्ला ओढाएर नगरप्रमुख सन्तलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत विनोद जयसवालले संयुक्तरूपमा सम्मानित गरेका थिए ।

पालिकामा ९० वर्ष उमेर पूरा गरेका ४५ जनालाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक अनुभवको खानी रहेको तथा संस्कृतिको संवाहकको रूपमा रहेकाले सम्मान गर्नु वर्तमान पुस्ताको धर्म भएको नगरप्रमुख चौधरीले बताए ।

पालिकाले अन्य किसिमको सम्मान पनि ज्येष्ठ नागरिकलाई उपलब्ध गराइरहेको बताउँदै नपा प्रमुख चौधरीले सम्मानको संस्कृति हस्तान्तरण हुनुपर्ने धारणा राखे । कार्यक्रममा उपस्थित प्रौढ व्यक्तिहरूले कार्यक्रमको प्रशंसा गर्दै राम्रो सुरुआत भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here