प्रस, वीरगंज, १३ असोज/
मुस्कान खातुन तेजाब प्रहार प्रकरणका मुख्य अभियुक्त हाल वीरगंज महानगर–२ छपकैया निवासी १९ वर्षीय समसाद मियाँलाई पर्सा प्रहरीले बुधवार पक्राउ गरेको छ ।

छपकैया इदगाहँबाट निजलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
२०७६/५/२० गते बिहान ६ः२० बजे समसादले मुस्कानमाथि वीरगंज–४ गणेशमान चोकमा तेजाब प्रहार गरी घाइते पारेका थिए । अदालतले ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरूप पार्नेसम्बन्धी कसूरमा समसादलाई पुर्पक्षको लागि बाल सुधारगृहमा राख्न आदेश दिएको थियो । तर सोही बखत कोरोनाको कहर बढेपछि अदालतले २०७६/१२/११ गते संरक्षकको जिम्मा लगाउने निर्णय गरेपछि चैत १२ गते समसादलाई जिम्मामा छाडिएको थियो । तर अदालतले २०७७/११/२६ गने बाँकी पाँच महीना १६ दिन बाल सुधारगृहमा सजाय भुक्तान गर्ने गरी एक वर्षको सजाय फैसला गरेपछि समसाद फरार रहेको पर्सा प्रहरीले जनाएको छ । सोही कसूरमा आज उनलाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here