प्रस, जीतपुर, १२ असोज/
नेकपा एमालेनिकट अनेरास्ववियुको सिमरा कलेजमा अध्ययनरत विद्यार्थीहरूको प्रारम्भिक कमिटी गठन भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२ को सभाहलमा भएको भेलामा प्रमुख अतिथि नेकपा एमाले बाराका प्रचारविभाग प्रमुख मनोज पौडेलले विद्यार्थीहरूले नै समाजलाई परिवर्तन गर्ने भएकाले एकजुट भएर अगाडि बढ्न आग्रह गरे । उनले समाजमा भएका विकृति र विसङ्गति अन्त्यका लागि र देश निर्माणमा युवा विद्यार्थीको भूमिका महŒवपूर्ण रहेको बताए ।
उनले गलत र सहीलाई छुट्याएर गलतका विरुद्धमा अगाडि बढ्नुपर्नेमा जोड दिए । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य त्रिलोकविक्रम शाहले विद्यार्थीले निश्शुल्क र सर्वसुलभ शिक्षाका लागि सम्पूर्ण विद्यार्थी एकजुट हुनुपर्ने कुरामा जोड दिए ।
आतिश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य मनीष प्याकुरेल, बारा जिल्ला सहसंयोजक कपिल खरेल लगायतले विद्यार्थी हकहित प्राप्तिका लागि एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जिल्ला कमिटी सदस्यहरू ईश्वर बस्नेत, सुशान्त साह, निर्जल घिमिरे, विज्ञान क्षत्रीलगायतको सहभागिता थियो ।
भेलाले समीर लुइँटेलको अध्यक्षतामा ३१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष नितेश घिमिरे, सचिव सन्तोष दाहाल, सहसचिव सुगम अर्याल, कोषाध्यक्ष रविना गौतमलगायतका सदस्यहरू छन् ।