हवल्दारको उपद्रो

प्रस, वीरगंज, २३ भदौ/
    जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी हवल्दार सुरेन्द्र यादवले सोमवार राति वीरगंज महानगरको अलौंमा मदिरासेवन गरी होहल्ला गर्दै केही व्यक्तिलाई कुटपीट गरेको समाचार छ।
    प्रहरी हवल्दार यादवले सिद्धार्थ इन्टरनेशनल कलेजमा अध्ययनरत चन्दन बैठालाई कुटपीट गरी घाइते बनाएका छन्। लाठी प्रहारबाट उनको टाउको फुटेको छ। घाइते बैठाले प्रहरी हवल्दारविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा उजूरी दिएका छन्। सोमवार राति नै अलौंमा केही व्यक्तिलाई यादवले गालीगलौज गर्दै कुटपीट गरेको बताइएको छ। मदिरासेवन गरेको कारण उनले उपद्रो मच्चाएको स्थानीयको भनाइ छ।
    अपराध शाखाका इन्चार्ज रविभूषण यादवले विद्यार्थी बैठा र प्रहरी हवल्दारबीच सहमति गराएको बताए। उनले सामान्य विवादमा झगडा भएको र दुवैबीच सहमति गराएको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here