प्रस, वीरगंज, २३ भदौ/
    तराईका तीन जिल्लामा २९ जना सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल पिसिआर प्रयोगशालामा भदौ २२ गते सोमवार भएको ५८० वटा स्वाब नमूना परीक्षणमा पर्साका १३, बाराका ९ र रौतहटका ७ जना गरी कुल २९ जना सङ्क्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए।
    उनका अनुसार २९ जनामा २१ जना पुरुष र ८ जना महिला छन्। १९ देखि ६० वर्ष उमेर समूहका २९ जनाको सिटी भ्यालु १५ देखि ३० सम्म रहेको छ।
    वीरगंजका वडा नं. ५, २, १६, १३ र १० का एक/एकजना, कालिकामाई गापा–१ र ५ का एक/एकजना, तराई अस्पतालका ३ जना बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सखुवाप्रसौनीका दुईजना, आर्मी ब्यारेक वीरगंजका एकजना गरी कुल १३ जना रहेका छन्।
    बारा, कलैया उपमहानगरपालिका–१ र १६ का एक/एकजना, बारागढी गापा–६ का २ जना, वडा नं. ४ का १ जना, वडा नं. ३ का १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय बारागढीका एकजना, सुवर्ण गाउँपालिकाका–७ का एकजना र रौतहटको इलाका प्रहरी कार्यालय गरुडाका सातजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here