प्रस, वीरगंज, ९ असोज/
जिल्ला प्रहरी कार्यालय, बाराले शनिवार बिहान जीतपुरसिमरा उपमहानगर र फेटा गाउँपालिकामा गरी २९ वटा अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको बाराका प्रनाउ गौतम मिश्रले बताए ।
जीतपुरसिमरा उपमहानगरपालिका–२२ चकरीटोला र वडा नं १८ लामिडाँडा तथा फेटा गाउँपालिका–३ मा २९ वटा अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको प्रवक्ता गौतमले बताए ।