शहीदको तस्वीर फोहरमा फालेकोमा आक्रोश

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्


प्रस, वीरगंज, २३ भदौ/
    मधेस आन्दोलनका शहीदको तस्वीर वीरगंज महानगरको फोहरको डङ्गुरमा भेटिएपछि पर्साका नेताहरूको चौतर्फी आलोचना भएको छ।
    नेताहरूको आलोचना भएपछि जनता समाजवादी पार्टी तथा नेपाली काङ्ग्रेसका नेताहरूले छुट्टाछुट्टै स्थानमा शहीदहरूको फालिएको तस्वीर ल्याएर सम्मान गरेका थिए।
    घण्टाघरमा आयोजित सम्मान कार्यक्रममा जसपाका नेताहरूले फोहरको डुङ्गुरमा शहीदहरूको तस्वीर मिल्काउनेलाई कारबाई गर्नुपर्ने माग गरेका थिए।
    कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला समन्वय समितिका प्रमुख नेक महम्मद अन्सारी, नेता सुन्दर कुर्मी, निजामुद्दीन समानी, तबरेज अहमद, सखुवाप्रसौनीका गापाका अध्यक्ष प्रदीप जैसवालले मन्तव्य व्यक्त गरेका थिए। यसैबीच, नेविसङ्घका विद्यार्थीहरूले वीरगंज महानगरको गेटअगाडि दोषीमाथि कारबाईको माग गर्दै धर्ना दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।