प्रस, वीरगज,९ असोज/
राष्ट्रिय एकता अभियानले वीरगंजमा विरोध प्रदर्शन गरेको छ । प्रदेश २ सरकारले तयार पारेको मदरसा शिक्षा विधेयकको विरोधमा प्रदेशभरि सो सङ्गठनले विरोध रैली आयोजना गर्दै आएको छ । सोही क्रममा आज वीरगंज, घण्टाघरमा पनि विरोध रैली निकालिएको थियो ।
एकता अभियानका संयोजक विनय यादवको नेतृत्वमा निकालिएको विरोध -यालीमा सहभागीहरूले मधेसलाई तालिबान बनाउन खोज्ने मुख्यमन्त्री राजीनामा दे, हिन्दू गणराज्य घोषणा गर लगायत नारा लेखिएको ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।
महानगरको विभिन्न भागको परिक्रमा गरेको ¥याली घण्टाघर चोकमा कोणसभा गरेर समापन भएको थियो ।