काठ नियन्त्रण गर्न खोज्दा झडप, प्रहरीसहित पाँचजना घाइते

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, जनकपुर, २२ भदौ/
    धनुषाको बटेश्वर गाउँँपालिका–५ मा प्रहरी र काठ ओसार्ने समूहबीच आइतवार राति झडप हुँदा दुई प्रहरी र तीनजना स्थानीयवासी घाइते भएका छन्।
    काठ ओसारिरहेको सूचना पाएपछि आइतवार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक रायको नेतृत्वमा प्रहरी टोली खटेको थियो। प्रहरीले स.१त ६०४० नं.को ट्याक्टरमा सखुवाको काठ लोड गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिंदा ६०/७० जनाको समूहले ढुङ्गा प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए।
    ढुङ्गा प्रहारबाट प्रनि रायको बायाँ आँखा र प्रहरी जवान रामविश्वास पण्डितको टाउकोमा चोट लागेको प्रवक्ता मिश्रले जानकारी दिए। दुवै प्रहरीको महेन्द्रनगर हेल्थकेयरमा उपचार भइरहेको छ।
    प्रहरीले लाठीचार्ज गर्दा स्थानीय तीनजना घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीले ट्याक्टरमा लोड गरिएको सखुवाको ८ थान गोलिया नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई बुझाएको छ।
    प्रहरीले फरार चालकको खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।