प्रस, वीरगंज, ४ असोज/
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले सहकारीहरूले जनताको मन जित्नुपर्ने बताएका छन् । चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको कार्यालय उद्घाटन गर्दै नगरप्रमुख सरावगीले विगतमा सहकारीले गरेका कामकारबाईबाट जिल्लाभरिका जनता दुःखी भएको बताए।
उनले सहकारीहरूलाई अबका दिनमा बाटो सच्याएर हिंड्न सुझाव दिए । नगरमा रहेका ठूला सहकारीले करोडौं रुपैयाँ लिएर फरार भएको र थुप्रै ग्राहक यसबाट पीडित भएको बताए । सहकारीमा गरीब मजदूरदेखि मध्यम वर्गीय मानिसहरूको पहुँच बनेको तर केही सहकारीले गर्दा सबै सहकारी बदनाम हुनुपरेको भन्दै उनले बदनामी हुने काम नगर्न आग्रह गरे ।
कार्यक्रममा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सानो पाइला सहकारीका अध्यक्ष जस्मिन खातुन, राजन पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण नीलिमा पौडेलले गरेकी थिइन् ।