प्रस, सिम्रौनगढ, ३ असोज/
सिम्रौनगढ नगरपालिकाको आयोजनामा संविधान दिवस मनाइएको छ । सिम्रौनगढ नपा–६ का अध्यक्ष शङ्कर साह कानूले झन्डोत्तोलन गरेका थिए ।
सो अवसरमा उनले संविधानविना देश चल्न नसक्ने बताए । उनले संविधान स्थायी नहुने र यसलाई आवश्यकता र औचित्य अनुसार पुनर्लेखन गर्न सकिने बताए ।
प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख लेखा अधिकृत सर्मेन्द्र चौधरी, वडाध्यक्ष खुशीलालप्रसाद कुशवाहा, नगरप्रहरी प्रमुख रवीन्द्र यादव, शिक्षा संयोजक नुराजम सिद्धिकीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
आयुर्वेदका संयोजक जयनारायणप्रसाद यादवले कार्यक्रमको सहजीकरण गरेका थिए ।