प्रस, वीरगंज, २ असोज/

नेपाल–भारत मैत्री सङ्घ पर्साको साधारणसभा सम्पन्न भएको छ ।

शनिवार भएको साधारणसभाको उद्घाटन सङ्घका निवर्तमान केन्द्रीय सदस्य राजकुमार सिन्धीले गरेका थिए । सङ्घका अध्यक्ष निर्मल खत्रीको अध्यक्षतामा भएको साधारणसभामा पेश भएका आर्थिक तथा प्रगति विवरणसहितको प्रतिवेदन छलफलपछि पारित भएको थियो ।
साधारणसभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमितिको चयन पनि गरेको छ ।

शम्भु (लक्ष्मी) प्रसाद कलवारको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्ष ओमप्रकाश यादव, सचिव रजत सचदेवा क्षेत्री, सहसचिव निर्मलकुमार अग्रवाल, कोषाध्यक्ष अर्जुन प्रसाईं, सहकोषाध्यक्ष जयरामप्रसाद रौनियार र सदस्यहरूमा पूजा खत्री, मनीषा श्याम साइका, चञ्चला दास, रेणु सिंह, पल्लवी हरलालका, मनोजकुमार सर्राफ, राजेन्द्र पासवान, दुर्गा साह, कुबेरप्रसाद गुप्ता, दिलीप यादव, आदित्यकिशोर साह, सञ्जय पटेल, अशोककुमार गुप्ता र रामविलास साह रहेका छन् ।

त्यसैगरी, वरिष्ठ सल्लाहकारमा उमा मिश्र र इन्दु देवी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here