प्रस, वीरगज, ३१ भदौ/
पर्सा जिल्लाका पालिकाहरूमध्ये सबैभन्दा बढी वीरगंज महानगरपालिकाले शिक्षा क्षेत्रमा लगानी गरेको नगरप्रमुख विजयकुमार सरावगीले बताएका छन् । ५७ औं बाल दिवसको अवसरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले शैक्षिक क्षेत्रको सुधारका लागि अभिभावकहरू सचेत हुन जरूरी भएको बताए ।
उनले महानगरका केही विद्यालयहरूमा शिक्षकहरू वर्ष दिनसम्म घरमा बसेर तलब सुविधा बुझ्दै आएको आरोप लगाए । उनले त्यस्ता शिक्षकलाई तह लगाउने चेतावनी पनि दिए । उनले वर्षभरि घरमा बसेर तलब सुविधा बुझ्ने शिक्षकविरुद्ध महानगरले कारबाई गर्न खोज्दा समुदायका ठूला बडाहरूबाट दबाब आउने गरेको बताए ।
उनले विद्यालयमा हुने सबै प्रकारका बेथिति रोक्न प्रयास गर्दै आएको दाबी पनि गरे । उनले महानगरपालिकाका विद्यालयहरूलाई बालमैत्री बनाउने आफ्नो चाहना महानगरका कर्मचारी र जनप्रतिनिधिहरूको असहयोगले पूरा हुन नसकेको बताए ।
कार्यक्रममा बोल्दै सहभागीहरूले कोरोनाकालमा पर्साको शैक्षिक स्तर झन् खस्केको बताएका थिए । पहिलेदेखि शिक्षाको स्तर कमजोर रहेको पर्सामा अहिले कोरोनाले झन् कमजोर बनाएको उनीहरूको भनाइ थियो ।
विद्यFलयहरूमा बालमैत्री शौचालय, खानेपानी तथा भौतिक संरचनाको अभाव रहेको उनीहरूले गुनासो पोखेका थिए । जिल्लाभरिका पालिकाहरूले फरक–फरक ढङ्गले आफ्नो स्वार्थपूर्ति हुनेगरी बनाएको शिक्षा ऐनले ठूलो असर पारिरहेको सहभागी वक्ताहरूको भनाइ थियो ।
रामनरेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्ष्Fा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का महासचिव श्याम बन्जारा, एनजिओसिसी पर्साका अध्यक्ष इब्राहिम देवान, सावित्री भण्डारी, रामप्रवेश साहले मन्तव्य व्यक्त गरेका थिए ।