स्रोत नखुलेको साढे ३८ लाखसहित दुईजना पक्राउ

प्रस, वीरगंज, ३१ भदौ/

जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको साढे ३८ लाख रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।

जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले वीरगंज महानगरपालिका–६ माईस्थानमा रहेको कन्हैयाप्रसाद सोनारको केपी ज्वेलर्समा बुधवार छापामारी गर्दा स्रोत नखुलेको रु ३८ लाख ५१ हजार एक सय बरामद भएपछि निजसहित कामदार बारा, परवानीपुर गापा–३ बस्ने २० वर्षीय दीपक सर्राफलाई पक्राउ गरेको बताए ।

हुन्डी कारोबार हुने गरेको सूचनाको आधारमा अपराध शाखाका विनोदसिंह ठकुरीको कमान्डमा खटेको टोलीले छापामारी गरेको थियो । छापामारीको क्रममा सो नगद र चेकको थुप्रै बन्डल बरामद भएको थियो ।

प्रहरीले सूचनाको आधारमा छापामारी गरेको बताएको छ । पक्राउ परेका सोनारद्वयविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी कसूरमा मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्