मस्को, ३१ भदौ/एएफपी

रूसमा शुक्रवार संसद्का लागि आम निर्वाचन हुँदैछ । केही मतदाताले ‘सत्तारूढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन् । यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ । युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएपछि निर्माण गरेका हुन् । उनले यस पार्टीलाई प्रमुख संसदीय शक्तिमा रूपान्तरण गर्ने उद्देश्यसहित स्थापना गरेका थिए ।

वर्तमान रूसी सत्ताको सबैभन्दा चर्को आलोचक एलेक्सी नाभाल्नीलाई गत जनवरीमा जेल सजाय दिइएपछि युनाइटेड रसिया पार्टीमाथि उनले तीव्र आक्रोश जनाएका छन् । त्यसलगत्तै नाभाल्नीको पार्टीका देशभरका राजनीतिक कार्यालयहरू तोडफोड गरियो । युनाइटेड रसिया पार्टीलाई बहुमत जनताको समर्थन रहेको दाबी गरे पनि यस पार्टीप्रति आम जनताको समर्थन खस्कँदै गएपछि सत्तारूढ नेताहरूलाई टाउको दुःखाइ भएको छ ।

आफ्नो छविमा सुधार ल्याउन राष्ट्रपति पुटिनले आफ्ना सबैभन्दा लोकप्रिय मन्त्रीहरू – विदेशमन्त्री सर्गेई लाभरोभ र रक्षामन्त्री सेर्गेई शोइगुलाई पार्टीे अभियानको नेतृत्व गर्ने जिम्मा दिएका छन् । सर्वेक्षणमा यस पटकको संसदीय निर्वाचनमा ३० प्रतिशतभन्दा कम मात्र मतदान हुने देखिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here