प्रस, सिम्रौनगढ, ३१ भादौ/

सीमावर्ती भारतीय एसएसबीले गाँजा र मदिरासहित केही मानिसलाई पक्राउ गरेको छ ।
सैनिक–सडक नजीक भङ्गहाका एसएसबीले नेपालबाट गएको सय किलो गाँजा र २० कार्टुन नेपाली मदिरा बरामद गरेको हो ।

एसएसबीका सहायक सेनानायक जसवन्त सेनापतिले गाँजा र मदिरासहित घोडासहनका २५ वर्षीय धर्मवीर सिंह, १९ वर्षीय रोशन कुमार र ३० वर्षीय ललन साहलाई पक्राउ गरेको पुष्टि गरे ।
उनले पछिल्लो समय सिम्रौनगढ क्षेत्र भएर भारततर्फ लागू पदार्थ, मदिराको तस्करी बढेको र त्यसलाई निस्तेज पार्न अभियान चालेको बताए ।

उनले बरामद गाँजा र मदिरा पनि सोही अभियान अन्तर्गत सूचनाको आधारमा बरामद गरिएको र मानिसलाई पक्राउ गर्न सफल भएको बताए । कारोबारमा अन्यको पनि संलग्नता देखिएको तर उनीहरू भाग्न सफल भएको सहनायक सेनापतिले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here