प्रस, रौतहट, २७ भदौ/

बौधीमाई नगरपालिकाको पाँचौं नगरसभा आइतवार सम्पन्न भएको छ । नगरसभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम नगरप्रमुख राजीवरञ्जन यादवले प्रस्तुत गरेका थिए ।

पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाइ, पशु, वित्तीय क्षेत्र, फलफूलखेती, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी, सामाजिक क्षेत्र, सरसफाइ तथा फोहोरमैला व्यवस्थापन, भाषा तथा संस्कृति, लैङ्गिक समानता तथा समावेशीकरण, वन, वातावरण विपद् व्यवस्थापन, युवा तथा खेलकूदसम्बन्धी नीति कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

आव २०७८/७९ मा कुल अनुमानित आय ४३ करोड ६ लाख ६३ हजार ६३ रुपैयाँको आयव्यय प्रस्तुत गरिएको थियो । असार महीनामा नगरसभा र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्नेमा आन्तरिक विवादका कारण ढिलाइ भएको हो । नगरसभामा वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरका बुद्धिजीवी, सञ्चारकर्मीहरूलगायत सहभागी थिए ।

जिल्लाका १६ वटा नगरपालिका र दुईवटा गाउँपालिकामध्ये तीनवटा नगरपालिकाको नगरसभा असार महीनामा भएन । बौधीमाई नगरपालिकाको नगरसभा आज भएपनि देवाही गोनाही र गरुडा नगरपालिकाको नगरसभा अझै हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here