प्रस, सर्लाही, २६ भदौ/
सडक दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिकाका एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी–८ का ३० वर्षीय सुलभ गिरी रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार गिरीलाई सुनसरीको दुहबी नगरपालिका–८ स्थित सोनापुरमा शुक्रवार ट्रकले ठक्कर दिंदा गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको शनिवार प्रहरीले जानकारी गराएको छ ।
खनारबाट दुहबीतर्फ आउँदै गरेको ना.५५प ९९७९ नम्बरको मोटरसाइकललाई विनायक अक्सिजन फ्याक्ट्रीको गेटमा को.१क ३३९५ नंको ट्रकले दिंदा मोटरसाइकल चालक गिरी गम्भीर घाइते भएका थिए ।
ट्रक र सोका चालक ६० वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।