प्रस, वीरगंज, २६ भदौ/

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको आयोजनामा “विद्यालय तथा समुदायमा प्राथमिक उपचारको नायक बन्नुहोस्” नारासहित कृत्रिम घटना प्रदर्शन घण्टाघर चोकमा शनिवार गरिएको छ ।

कृत्रिम घटनाको उद्देश्य अपर्झट कुनै प्रकारको दुर्घटना भए घाइतेको अवस्था बुझेर सुरक्षित तरीकाले अस्पताल वा चिकित्सकसम्म पु¥याउने र अकाल मृत्युबाट कसरी जोगाउन सकिन्छ भन्ने कुरा समुदायलाई जानकारी गराउनु हो । कृत्रिम घटना रेडक्रसका प्राथमिक उपचार सिमुलेटर, प्रशिक्षक, स्वयंसेवक, आरसिएटी समूहको टोलीले कृत्रिम घटना प्रदर्शन गरेको थियो।

रेडक्रस स्वास्थ्य सेवा समितिका संयोजक दिनानाथ रौनियारको सभापतित्वमा भएको प्रदर्शनपछि आयोजित कोणसभामा नेरेसो पर्साका सभापति वीरेन्द्रराज कँडेलले हरेक परिवारमा कमसेकम एकजना, सम्भव भए सबैजना प्राथमिक उपचार गर्न प्रशिक्षित हुनुपर्ने बताए । उनले यही उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचारलाई महŒवपूर्ण कार्यको रूपमा अगाडि बढाउँदै आएको दाबी गरे ।

कार्यक्रममा प्राथमिक उपचारबारे प्रशिक्षक सुदर्शन पण्डितले प्रस्ट्याएका थिए । कार्यक्रममा उपसभापति मधु राणा, कोषाध्यक्ष महन्तप्रसाद यादव, इन्जिनीयर रागिव हुसेन, श्रीनारायण यादव, सुरेन्द्र कानू, राजु साह, रानी गुप्ता, कृष्ण रौनियार, राजु पटेल, उदयराज शर्मा, वीरशम्मेरप्रसाद कुर्मी, मन्ताज मियाँलगायतको सहभागिता रहेको रेडक्रसका कार्यालय सहायक राजन श्रीवास्तवले बताए । कार्यक्रमको सहजीकरण उपमन्त्री साबिर अहमद ऐराजले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here