प्रस, सेढवा, २६ भदौ/

जगरनाथपुर गाउँपालिकाले शनिवारदेखि ग्याँस सिलिण्डर तथा चुल्हो वितरण कार्य शुरू गरेको छ ।

वडा नं १ पिडारीगुठीको वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी गापा प्रमुख जालिम मियाँले ग्याँस सिलिन्डर तथा चुल्हो वितरण गरेका हुन् । दाउराको अभाव दिन प्रतिदिन बढ्दै गएको र खाना पकाउनका लागि पनि वनजङ्गलको विनाश भइरहेकोतर्फ मध्यनजर गर्दै वडावासीहरूलाई ग्याँस सिलिन्डर तथा चुल्हो वितरण गरिएको अध्यक्ष मियाँले बताए ।

ग्याँस तथा चुल्हो खरीद गर्न मोटो रकम लाग्ने भएकोले गापाले निश्शुल्क वितरण गरेर ग्याँसबाट खाना पकाउन उत्साहित पारेको अध्यक्ष मियाँले बताए ।

एक परिवारलाई एक थान ग्याँस सिलिन्डर, चुल्हो, रेगुलेटर, पाइप र लाइटर वितरण गर्न गत आवमा विनियोजित छ करोड रकमबाट आजदेखि वडास्तरमा वितरण कार्य शुरू गरिएको हो । गापाका छवटा वडाका करीब ८ हजार परिवारलाई ग्याँस सिलिन्डर, चुल्हो सेट वितरण गरिने अध्यक्ष मियाँले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here