प्रस, वीरगंज, २६ भदौ/
वीरगंज उद्योग वाणिज्य सङ्घले विधानबमोजिम स्वास्थ्य समिति विस्तार गरेको छ ।
सङ्घका कार्यसमिति सदस्य सुमन क्यालको संयोजकत्वमा गठित समितिका सदस्यहरूमा नरेश टिबडेवाल, डा नितिन तुल्स्यान, डा शाश्वत प्रसाद, डा जेपी जैसवाल, शिवराज गौतम र सुशील खेतान छन् ।
कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले पोखरिया अस्पताललाई व्यवस्थित गर्नका लागि एउटा भ्रमण टोली बनाइ अवलोकन गर्ने र आवश्यक सुधार गर्नुपरे समितिले पहल गर्ने बताए । उनले बालबालिकाहरूलाई लगाउने विभिन्न १२ थरी रोगविरुद्धको खोप नारायणी अस्पलातबाट मात्र दिइरहेकोमा अन्य अस्पतालहरूलाई पनि उपलब्ध गराउन समितिले पहल गर्ने बताए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाललगायतको सहभागिता थियो ।