न्यूयोर्क, २६ भदौ/एपी
राष्ट्रपति जो बाइडेनले ९/११ को आतङ्कवादी घटनामा मारिएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतङ्कविरुद्ध सिर्जनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरेका छन् ।
आजभन्दा ठीक २० वर्ष पहिले अमेरिकाले बेहोरेको कुख्यात र अत्यन्त दर्दनाक आतङ्कवादी हमलाको बेला बाइडेन सिनेटर थिए भने अहिले देशको सर्वोच्च नेतृत्वमा छन् ।
राष्ट्रपति बाइडेनले उक्त हमलामा विमान दुर्घटना गराइएको तीन स्थानमा श्रद्धाञ्जलि र सम्मान अर्पण गर्ने तय भएको थियो तर उनले सम्बोधन छोट्याएर कार्यक्रमलाई हस्तान्तरण गरेका थिए । यसैबीच, शुक्रवार अबेर ह्वाइट हाउसले रेकर्डेट भाषण जारी गर्दै वास्तविक मूल्यको राष्ट्रिय एकता र बहादुरीको पक्षमा दृढ रहन सबैमा आह्वान गरेका छन् ।
उक्त कुख्यात घटनापछि राष्ट्रिय एकता र बहादुरी सबै अपेक्षित र अनपेक्षित स्थानमा उत्तिकै महŒवपूर्ण रहेको बताए । राष्ट्रपति बाइडेनले उक्त घटनापछि आफूले सिकेको सबैभन्दा ठूलो पाठ एकता नै ठूलो शक्ति हो भने ।
शुक्रवार राति राष्ट्रपति बाइडेन ९/११ को घटनाको स्मरणमा न्यूयोर्क आइपुगे, जहाँको आकाशमा बत्ती दुःख व्यक्त गर्ने किसिमले सजाइएका थिए । उक्त अवसरमा जुम्ल्याहा ट्रेड टावर त्रस्त देखिएको दृश्य टेलिभिजनमा देखाइएको थियो । रासस