प्रस, वीरगंज, २३ भदौ/

अन्तर्राष्ट्रिय साक्षरता दिवस बुधवार वीरगंजमा कार्यक्रम गरी मनाइएको छ । जिल्ला समन्वय समिति पर्सा र सामाजिक संस्था जिल्ला समन्वय समितिको समन्वयमा कोरोनाले निम्त्याएको शैक्षिक असमानता र यसको सम्बोधन विषयक छलफल कार्यक्रम एनजिओसिसीको कार्यालयमा सम्पन्न भएको थियो ।

जिसस पर्साका सभापति नेकमहमद अन्सारीले कार्यक्रमको उद्घाटन गर्दै पालिकाहरूले शैक्षिक क्षेत्रमा चासो नदिएको आरोप लगाए । उनले विकास निर्माणमा सडक, नाला बनाउन बढी चासो दिएको तर शिक्षाको गुणस्तर बढाउनेतर्फ खासै चासो नदेखाएको गुनासो पोखे ।

नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले शिक्षक नियुक्ति, सरुवा आदिमा पनि स्थानीय प्रमुखले कमिशन लिने गरेको बताए । उनले शिक्षाको विकासका लागि पालिका प्रमुखसँगै अभिभावकहरूमा पनि जागरूकताको खाँचो रहेको बताए ।

एनजिओसिसीका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा भएको कार्यक्रममा जिसस पर्साका समन्वय अधिकारी छविरमण भट्टराई, नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रामाकान्तप्रसाद कुर्मीले स्वागत र विशाल गुप्ताले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here