श्मशानबाट मानिसहरू जीवित भएको थुप्रै घटना हामीले पढेका छौं । यो कुरा भूmटो लाग्छ, तर सत्य पनि हुन्छ । प्रायः श्मशान वा कब्रिस्तानमा मृत व्यक्ति उठेर बसेको समाचारहरू सुनेका हुन्छौं । यसको पछाडिको कारण पनि छ । यस्ता घटनालाई भूत वा प्रेत आत्माको असर मानिन्छ अथवा कसैले पृथ्वीमा अहिले त्यस मनुष्यको समय नआएको भन्दै यमराजले उसलाई पठाएको बताउँछन् । विज्ञानका आधुनिक चिकित्सकले पनि यसलाई सत्य मान्न थालेका छन् ।

चिकित्सकका अनुसार जब कसैलाई हृदयघात हुन्छ, तब पीडित व्यक्तिको छाती जोडले थिच्नुपर्छ । त्यस पीडित व्यक्तिको छाती तबसम्म थिच्नुपर्छ जबसम्म त्यसले साँस फेर्न शुरु नगरोस् अथवा एम्बुलेन्स नआइपुगोस् । यस प्रविधिको प्रयोगबाट ९० प्रतिशत रोगीलाई जोगाउन सकिन्छ । जब कुनै नवजात बच्चा जन्म लिंदा हाइपोथर्मियाका कारण मृत घोषित गरिन्छ तर श्मशान भूमिको गर्मीको कारण मृत बच्चा जीवित पनि हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here