आँखा रोगसम्बन्धी भर्चुअल गोष्ठी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २१ भदौ/
    रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष विनीत  लोहियाको अध्यक्षतामा क्लबका सदस्यहरूको भर्चुअल सहभागितामा आँखा रोगसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
    वीरगंजका ख्यातिप्राप्त आँखाका चिकित्सक डा चन्दन बनर्जीले गोष्ठीमा प्रशिक्षण दिएका थिए। शुक्रवार बेलुका सम्पन्न कार्यक्रममा रोटरी परिवारसँग आबद्ध विभिन्न क्लबका करीब ६७ जनाको सहभागिता थियो।
    रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रत्येक शुक्रवार हुने नियमित बैठक कोरोनाका कारण भौतिक उपस्थिति सम्भव नभएपछि क्लबले आफ्ना सदस्यहरूका लागि विभिन्न विषयमा नियमित भर्चुअल गोष्ठी सम्पन्न गरिरहेको छ।
    यसभन्दा पहिले डा नीरज सिंह र पोषणविज्ञ निशा सिंहले कोरोनाबाट बचाउ र यस समयमा खानपानमा दिनुपर्ने ध्यान विषयमा प्रवचन दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस