प्रस, जीतपुर, २२ भदौ/

सिमरा विमानस्थलबाट छ महीना अवधिमा एक लाख २३ हजार १७८ जना यात्रीले सिमरा–काठमाडौं–सिमरा उडान गरेको सिमरा विमानस्थल कार्यालयका प्रमुख वसन्त गौतमले बताए । उनले सोही अवधिमा ३३ हजार ७२७ किलो मालसामान ढुवानी भएको जानकारी गराए । 

सिमरा विमानस्थलबाट सिमरा–काठमाडौं–सिमरा विमान सेवा नियमितरूपमा सञ्चालन हुँदै आएकोमा हाल आएर सिमरा–पोखरा–सिमरा सेवा पनि सञ्चालन भइरहेको सिमरा विमानस्थल कार्यालयका प्रमुख गौतमले बताए ।

हाल सिमरा–काठमाडौं भाडा रु २ हजार ५ सय र काठमाडौं–सिमरा भाडा रु ३ हजार छ भने प्रतिकिलो मालसामानको भाडा रु ५० तोकिएको छ ।

नेपाल–भारत सरकारबीच संवाद तथा सम्पर्क नवीकरणको लागि भारत सरकारका प्रतिनिधि नेपाली भूमिमा सिमरास्थित खुला मैदानमा पहिलोपटक विमान सेवाबाट आएका थिए । प्राकृतिक तथा राजनीतिक कारणले स्थलमार्ग अवरुद्ध हुँदा सिमरा विमानस्थलको सेवा प्रभावकारी भएको प्रमुख गौतमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here