प्रस, वीरगंज, २१ भदौ/

मनी चेन्जर लुट्न गएको अवस्थामा एकजनाको मृत्यु भएको छ । पर्सा, धोबिनी गापा वडा नं ४ लङ्गडी चोकमा सञ्चालित मारिया मनी चेन्जरको माथिल्लो छानामा करेन्ट लागेर २२ वर्षीय युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

मृत्यु भएको युवकको सनाखत हुन नसकेको इप्रका पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी गराए । हिजो दिउँसो घरधनी छतमा चढी घरको पछाडि हेर्दा सो युवक मृत अवस्थामा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

केही दिनअघि लङ्गडीस्थित एनआइसी एशिया बैंकको सटर फोडेर चोरी भएको थियो । प्रहरी स्रोतका अनुसार बैंक लुट्ने प्रयास भएकै दिन एउटा समूहले मनी चेन्जर लुट्ने योजना बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here