प्रस, रक्सौल, २१ भदौ/
भारत विकास परिषद् रक्सौलले रक्सौल रेलवे स्टेशनमा सेल्फी प्वाइन्टको निर्माण गरेको छ ।
परिषद्का अध्यक्ष डा राजेन्द्रप्रसाद सिंहले नेपालको प्रवेशद्वारसँग जोडिएको रक्सौल रेलवे स्टेशनको पार्कलाई विकसित गर्ने अभियान अन्तर्गत आकर्षक फोहरासहितको सेल्फी प्वाइन्टको निर्माण गरिएको बताए । उनले आगामी दिनमा सो सेल्फी प्वाइन्टको विधिवत् उद्घाटन गर्ने जानकारी गराए ।
सेल्फी प्वाइन्ट उद्घाटन पूर्व सोमवार गरिएको परीक्षणमा ठूलो सङ्ख्यामा रक्सौलवासी सहभागी भएर सेल्फी लिएका थिए ।
कार्यक्रममा उमेश सिकरिया, कमल मस्करा, सीताराम गोयल, सुनील कुमार, प्राडा अनिलकुमार सिन्हा, नितेश सिंह, प्रशान्त कुमार, मनोज सिंह, महेश अग्रवाल, धु्रव सर्राफ, पन्नालालप्रसाद कल्वार, राजकुमार गुप्तालगायतको सहभागिता थियो ।