प्रस, सप्तरी, १९ भदौ/

सप्तरीको राजविराजमा आइतवारदेखि सबै विद्यालय सञ्चालनमा आउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिएपछि राजविराज नपाको नगर शिक्षा समितिले सो निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो।

सोही अनुसार राजविराज नगरपालिका नगर शिक्षा समितिले विज्ञप्ति जारी गर्दै भदौ २० गते आइतवारदेखि स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्ने निर्णय गरेको हो ।

कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको नगर शिक्षा शाखा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी सङ्ख्याको आधारमा फरक–फरक समयमा कक्षा सञ्चालन गर्न गराउन निर्देशन दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here