प्रस, वीरगंज, १९ भदौ/

वीरगंज महानगरका दुई स्थान र कलैया उपमहानगरपालिको एक स्थानमा गरी शनिवार तीन स्थानमा भएका रक्तदान कार्यक्रममा आठजना महिलासहित ७१ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

वीरगंज महानगरपालिका–१२ मुर्लीमा वीरगंज स्पोट्र्स क्लबले आयोजना गरेको रक्तदानमा पाँचजना महिलासहित ४० जनाले रक्तदान गरेका थिए । कार्यक्रममा जसलोद्दीन मियाँ, मुख्तार अन्सारी, अफरोज मियाँ, नासिर अन्सारीलगायतले रक्तदान गरेका थिए ।

यसैगरी, वीरगंज–१३ राधेमाईमा गोपाल सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिलासहित २२ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा सुमन यादव, प्रकाश साह, पूनम यादव, सुनील यादव, हरेराम साहलगायतले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेले बताए।

यसैगरी, बाराको कलैयामा नेपाल निजामती कर्मचारी युनियनले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित नौजनाले रक्तदान गरेका थिए । कार्यक्रममा गणेशबहादुर थापा, वीरेन्द्र यादव, प्रदीप गिरीलगायतले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here