प्रस, वीरगंज, १७ भदौ/

नारायणी अस्पतालमा एकजना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले पोखरिया नगरपालिका–१ का ३३ वर्षीय पुरुषको बिहीवार बिहान पौने २ बजे उपचारको क्रममा मृत्यु भएको बताए ।

उनले भदौ १० गते पिसिआर परीक्षण गर्दा पोजिटिभ भएपछि भर्ना भएका सङ्क्रमितको एक सातापछि मृत्यु भएको बताए । नारायणी अस्पतालमा डेढ महीनापछि आज पहिलोपटक कोभिड सङ्क्रमितको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here